Notice Board

animated-nepal-flag-image-0001 animated-nepal-flag-image-0001 Wel-come to our church sites. * Send your prayer request using prayer request widget box of our sites. For it is by grace you have been saved, through faith—and this is not from yourselves, it is the gift of God— not by works, so that no one can boast. (Ephesians 2:8,9)* For God so loved the world that He gave His only begotten Son whoever believes in Him shall not perish but have everlasting life. (Jonh 3:16)*

Thursday, December 28, 2017

येशू यहोवा हुनुहुन्छ



जर्ज जेलर
"यहोवाका साक्षीहरू" (Jehovah's Witnesses) नाम गरेको समूहका मानिसहरू भन्छन्, येशू ख्रीष्ट परमेश्वर होइनन् तिनीहरूको शिक्षाअनुसार, येशू यहोवा परमेश्वरद्वारा सृजित केवल एक सृष्टि मात्र हुन्। उक्त शिक्षामा बसालिएकाहरूको दृष्टिकोणमा यहोवा नाउँ परमेश्वरको सबैभन्दा पवित्र नाउँ हो। यो नाउँ एकमात्र साँचो परमेश्वरको सम्बन्धमा मात्र प्रयोग गरिन उचित भन्ने उनीहरूको मान्यता भए तापनि उनीहरू येशूको ईश्वरत्वलाई इन्कार गर्ने भएका हुनाले, यो ईश्वरीय नाउँ यहोवा कहिल्यै पनि येशूलाई जनाउन प्रयोग गरिएको छैन भन्ने उनीहरूको जोडदार दाबी रहेको छ। प्रभु येशूलाई यहोवा भन्नु उनीहरूलाई असोचनीय हुन्छ किनकि उक्त नाउँ केवल परमेश्वरलाई मात्र प्रयोग गरिनुपर्छ (तर येशू परमेश्वर हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्)
यस अध्ययनमा हामी एउटा महत्त्वपूर्ण प्रश्न सोध्न गइरहेका छौं—"के यहोवा नाउँ येशू ख्रीष्टलाई जनाउनलाई उचित हुन्छ?" के बाइबलले यो ईश्वरीय नाउँलाई कतै येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरेको ? हामी पवित्र शास्त्रलाई ध्यानपूर्वक केलाऔं यसको जवाफ पत्ता लगाऔं।
सर्वप्रथम हामी यहोवाका साक्षीहरूसित एउटा कुरामा सहमत छौं: यो नाउँ यहोवा (जसलाई नेपाली पुरानो नियममा "परमप्रभु" भनी जनाइएको ) यस्तो नाउँ हो जुन नाउँ केवल परमेश्वरलाई बाहेक अरू कसैलाई प्रयोग गरिएको छैन। "यहोवा भनिने उपनाम परमेश्वरकै महान्, विशिष्ट कसैलाई दिन नमिल्ने उहाँकै निजी नाउँ हो। यो नाउँ पवित्र शास्त्रमा सृष्टि गरिएको कुनै पनि प्राणीलाई प्रयोग गरिएको छैन ता कुनै पनि तर्कले त्यसो गर्न नै सकिन्छ किनकि उक्त नाउँले सर्वोच्च परमेश्वरकै अस्तित्वको अनिवार्यता, स्वतन्त्रता वास्तविकतालाई औंल्याउँदछ" (सर्ले)
परमप्रभु स्वयम् उक्त नाउँको सम्बन्धमा ज्यादै डाही हुनुहुन्छ भन्ने कुरा यी खण्डहरूबाट प्रस्टै देखिन्छ:
भजन सङ्ग्रह ८३:१८ -- " तपाईं, जसको नाम मात्र 'यहोवा' हो, सम्पूर्ण पृथ्वीमाथि परमप्रधान हुनुहुन्छ भनी मानिसहरूले जानून्।"
यशैया ४२: -- " परमप्रभु [यहोवा] हुँ, मेरो नाउँ त्यही हो। मेरो महिमा अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।"
येशू ख्रीष्टलाई आधिकारिक रूपमा यहोवा भन्न मिल्छ भन्ने कुरा प्रमाणसहित प्रस्तुत गर्न सकियो भने, ख्रीष्टको ईश्वरत्वलाई प्रमाणित गर्नलाई योभन्दा ठूलो प्रमाण अर्को चाहिँदैन। अर्को शब्दमा भन्ने हो भनेयहोवा नाउँ कतिपय ठाउँमा ख्रीष्टलाई प्रयोग गरिएको भन्ने कुरा हामीले देखाउन सक्यौं भने, ख्रीष्ट स्वयम् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रमाणित भएको ठहरिन्छ (किनकि परमेश्वरलाई बाहेक अरू कसैलाई पनि परमेश्वरको नाउँले जनाइँदैन!)
निम्न खण्डहरूलाई विचार गरौं:
. जकरिया १२ मा यहोवा बोल्दैहुनुहुन्छ (पद ) पद १० मा यहोवा भन्नुहुन्छ, "तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्।" यो ख्रीष्टबाहेक अरू कसैको विषयमा लेखिएको हुनै सक्दैन (तुलना गर्नुहोस् १९:३७ प्रकाश : सित)
. पुरानो नियममा यहोवाले आफू आदि अन्त हुँ भनी घोषणा गर्नुभएको , "इस्राएलका महाराजा उद्धारक सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: पहिलो पछिल्लो नै हुँ। मबाहेक अरू परमेश्वर छैन" (यशैया ४४:; साथै, ४१:; ४८:११-१२) नयाँ नियमका पन्नाहरूमा शुरू अन्त, प्रथम अन्तिम भनेर कसलाई जनाइएको (प्रकाश :,११,१७,१८; २२:१३ मा पढ्नुहोस्)?
. यशैया : मा अगमवक्ताले भने, "मेरा आँखाले सेनाहरूका परमप्रभु [यहोवा] राजालाई देखेको छु!" पछिबाट प्रेरित यूहन्नाले उक्त घटनाको उल्लेख गर्दै यशैयाले देखेका व्यक्ति वास्तवमा येशू ख्रीष्ट नै हुनुहुन्थ्यो भन्ने कुरा प्रस्टै बताएका छन्--"उहाँ [ख्रीष्ट] को महिमा देखेर उहाँको विषयमा बोल्दाहुँदि यशैयाले यी कुराहरू भने" (यूहन्ना १२:४१।
. भजन सङ्ग्रह २३: मा दाऊदले भेडाहरूका महान् गोठाला यहोवा हुनुहुन्छ भनेर घोषणा गरे। नयाँ नियमअनुसार भेडाहरूका महान् गोठाला को हुनुहुन्छ (यूहन्ना १०:११,१४; हिब्रू १३:२०)? साथै पुरानो नियममा यहोवालाई पटक-पटक इस्राएलका चट्टान भनिएको (व्यवस्था ३२:,,१८; भजन सङ्ग्रह १८:; भजन सङ्ग्रह ६२:- आदि) नयाँ नियमले यस चट्टान येशू नै हुनुहुन्छ भनेर प्रस्टै बताएको ( कोरिन्थी १०:)
. प्रस्थान :१४-१५ मा यहोवाले " हुँ" भन्नुभएको पाइन्छ। यूहन्नाको सुसमाचारअनुसार " हुँ"भन्ने को हुनुहुन्छ (यूहन्ना :३५; :१२; :२४; :५८; १०:; १०:११; ११:२५; १४:; १८:-)?
. यशैया ४३:१०-११ ४५:२१ मा यहोवाले आफू स्वयम् नै एकमात्र मुक्तिदाता हुनुभएको घोषणा गर्नुभएको छ। उहाँबाहेक अन्य कुनै मुक्तिदाता छैन! नयाँ नियमअनुसार एकमात्र मुक्तिदाता को हुनुहुन्छ (प्रेरित :१०-१२)?
. यशैया ४५:२१-२३ मा यहोवा भन्नुहुन्छ, "हरेक घुँडा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।" फिलिप्पी :-११ मा यशैयाको उक्त खण्ड ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएको जसकै सामु एक दिन सबैजना झुक्नेछन्!
. यशैया २४:२३ सपन्याह :१५-१७ मा हामी सिक्छौं, भावी राज्यमा यहोवा आफैंले यरूशलेममा राज्य गर्नुहुनेछ अनि उहाँ आफ्ना जनहरूका बीचमा हुनुहुनेछ। उक्त भावी हजार वर्षे राज्यको राजाको विषयमा नयाँ नियमले के बताएको (प्रकाश १९:११-१६; २०:-)?
. यशैया ४०: मा बप्‍तिस्मा दिने यूहन्नाले आउनुहुने यहोवाको बाटो तयार पार्ने भविष्यवाणीको उल्लेख छ। मर्कूस :- मा यही खण्ड ख्रीष्टलाई प्रयोग गरिएको छ। बप्‍तिस्मा दिने यूहन्नाले ख्रीष्टका निम्ति बाटो तयार गरे।
१०. यशैया :१३-१४ को भविष्यवाणीअनुसार यहोवा "एउटा ढुङ्गा हुनुहुनेछ जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोष्टन लगाउँछ।" पत्रुस :- मा यी पदहरू येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएका छन्।
११. योएल :३२ लाई प्रेरित :२१,३६ सित रोमी १०:,१३ सित दाँज्नुहोस्। पापीहरूले पुकारा गर्नुपर्ने परमप्रभु [यहोवा] को हुनुहुन्छ?
अन्तमा डा. लुइस् स्पेरी चेफर (Dr. Lewis Sperry Chafer) लाई उद्दरण गरौं:
"ख्रीष्ट नै यहोवा हुनुहुन्छ भन्ने कुराको प्रस्ट बृहत प्रमाणस्वरूप नयाँ नियमले येशू ख्रीष्टलाई प्रभु भन्ने उपनामले एक हजार भन्दा बढी पटक जनाएको कुराबाट देखिन्छ। यहोवा  हिब्रू शब्द हो जुनचाहिँ नयाँ नियममा आगन्तुक शब्दको रूपमा ल्याइएको पाइँदैन। यसको बराबरीमा आउने ग्रीक शब्द हो कुरिअस् (प्रभु) जुन उपनामचाहिँ पिता [पवित्र] आत्मालाई जनाउन पनि प्रयोग गरिएको छ। पुरानो नियमको यहोवा नाउँलाई यसको विशेष अर्थमा नयाँ नियममा आएर प्रभु (कुरिअस्) भन्ने उपनामले निरन्तरता दिएको भनेर लिनु न्यायोचित प्रक्रिया नै हो। थुप्रै उच्च घोषणाहरूको सोझो अर्थ यही हुनुपर्छ भन्ने देखिन्छ: 'सबैका प्रभु' (प्रेरित १०:३६); 'सबका प्रभु' (रोमी १०:१२); 'महिमाका प्रभु' ( कोरिन्थी :), 'राजाहरूका राजा, प्रभुहरूका प्रभु' (प्रकाश १७:१४; १९:१६)"
निष्कर्षमा यो भन्न सकिन्छ, एक दिन येशूलाई सबैले प्रभु भनेर स्वीकार गर्नेछन् -- फीलिप्पी :११ मा पढ्नुहोस्। उहाँ यहोवा येशू हुनुहुन्छ भन्नु उचित नै हो!
पवित्र शास्त्रले छर्लङ्गसित ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर देखाएको हुनाले, हामीले अब उहाँमाथि विश्वास नगर्न, उहाँलाई प्रेम नगर्न, उहाँका आज्ञा नमान्न, उहाँको सेवा नगर्न उहाँको आराधना नगर्न कसरी सक्छौं ? के थोमाले जस्तै तपाईंले पनि उहाँलाई यसरी सम्बोधन गर्न सक्नुहुन्छ, "मेरा प्रभु  मेरा परमेश्वर"? के यही एक मात्र जीवित परमेश्वर नै तपाईंको व्यक्तिगत परमेश्वर मुक्तिदाता हुनुहुन्छ?


Share:
Related Posts Plugin for WordPress, Blogger...

Donate


 

Translate