Proclaiming the gospel among people.

Go into all the world and proclaim the gospel to the whole creation.

Yor are invited to fellowship with GOD and GOD's people.

And they devoted themselves to the apostles; teaching and the fellowship, to the breaking of bread and the prayers. Acts 2:42

Praying True GOD.

God is a Spirit: and they that worship him must worship him in spirit and in truth. JONH 4:24

Showing Love of Christ

Do not neglect to do good and to share what you have, for such sacrifices are pleasing to God. Hebrew 13:16

“This is what the LORD says— your Redeemer, who formed you in the womb: I am the LORD, the Maker of all things, who stretches out the heavens, who spreads out the earth by myself, Isaiah 44:24

Baptism in the name of the Father and the Son and the Holy Ghost.

Go ye therefore, and teach all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Ghost: Matthew 28:19

Mountain Prayer.

Go ye therefore, and teach all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Ghost: Matthew 28:19

Notice Board

Nepali Flags Wel-come to our church sites. * Send your prayer request using prayer request widget box of our sites. For it is by grace you have been saved, through faith—and this is not from yourselves, it is the gift of God— not by works, so that no one can boast. (Ephesians 2:8,9)* For God so loved the world that He gave His only begotten Son whoever believes in Him shall not perish but have everlasting life. (Jonh 3:16)*

Sunday, May 12, 2024

 

बलिदानी जीवन- एक महान मूल्य
                                                                       
पा. कबिराज राइ

 "जीवनमा कुनै पनि महान कुरा बलिदान बिना स्थापित हुुँदैन।"


इतिहासमा बिना बलिदान कहिल्यै महान परिवर्तन भएको छैन। 

दोस्रो विश्वयुद्धको दौरान डेभिड वेबस्टर नाम गरेका एक जवान सिपाहीले आफ्नी आमालाई पत्रमा यस्तो लेखेका थिए: "मेरो बारेमा चिन्ता नगर्नुहोस्। म युद्धमा सामेल भएको छु। म लड्न चाहन्छु। आवश्यक परेमा म लडाइँमा मर्नेछु, तर चिन्ता नगर्नुहोस् किनभने योद्धाहरूको बलिदानबिना कुनै पनि युद्ध जित्न सकिँदैन। बहुमूल्य चीजहरू बलिदानले मात्र सुरक्षित हुन्छन्।

आज हामी हवाइजहाज चढेर पृथ्वीको एक कुनाबाट अर्को कुना सहजै  पुग्न सक्छाैं तर यसको लागि पनि इतिहासमा राइट ब्रदरसले मूल्य चुकाएका छन्। कुनै गाडी भएको भए बिग्रिएको खण्डमा बिचमा रोकेर त्यसलाई पुण मर्मत गर्ने प्रक्रियामा लान सकिन्छ तर पहिलो उडानमा हवाइजहाजलाई जाँच्ने क्रममा ज्यानको जोखिम उठाएर राइट ब्रदरसले बलिदान गरे।

काला जातीहरूको स्वतन्त्रता, अधिकार र सम्मानताको लागि नेल्सन मण्डेलाले २७ साल कैदमा जीवन बिताए। 

मानिसहरूलाई अन्धकारबाट उज्यालोमा लान थोमस एडिसनले सयाैं रातहरूलाई कुर्वान गरिदिए।

येशू ख्रीष्टले पनि भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। युहन्ना १२ः२४

ख्रीष्टले यहाँ आफ्नै मृत्युको विषयमा बोल्दै हुनुहन्थ्यो। उहाँले सारा मानव जातीको लागि आफु मर्नुपर्ने बताउनुभयो।  तर त्यससँगै यो एक आत्मिक सिद्धान्त पनि हो कि गहुँको दाना जमिनमा खसेर नमरेसम्म त्यो बाँझै रहन्छ तर मर्यो भने धेरै फल फलाउँछ। 

पहिलाे शताब्दीका मण्डलीहरू भयंकर सतावटबाट गुज्रिएका थिए। रोमका सम्राट नेरोद्धारा सयाैं इशाईहरूलाई जलाएर, विच्छेदन गराएर, सिंहको खोरमा हालेर, क्रूशमा टंगाएर र खानीहरूमा मरून्जेल खटाएर मारिने गरिन्थ्यो।सन् ३२० मा, इशाईहरूको एक समूहले रोमन देवताहरूलाई बलिदान दिन इन्कार गरेका कारण  तिनीहरूलाई हिउँदको चिसो हावामा जम्न बाहिर छोडिएको थियो। तिनीहरू त्यस चिसोमा रातभर भजन गाउँदै अन्तमा सहिद भए। तर पनि तिनीहरूको आखाँमा कुनै किसीमको डर र आत्मग्लानी थिएन।

यसकारण इतिहासकार टर्टुलिएनले भनेका छन्, सहिदहरूको रगत मण्डलीको बिउ हो।

वास्तवमा सहज र आरामदायी जीवन ख्रीष्टलाई पछ्याउनेहरूको निम्ति होइन। हामी बलिदानी जीवन जीउन डराउनु हुँदैन। धेरैपटक हामी भरिपूर्ण,सहज र आरामदायी जीवनको खाेजीमा हाम्राे लक्ष्यहरूबाट भडकिरहेका हुन्छाैं।

निक्कै अभावमा परेको एउटा मण्डलीमा त्यहाँका विश्वासीहरूले आफ्नो भेटी लिएर अगाडि आए। एउटी युवतीले फ्नो हातमा भएको औंठी फुकालेर दिन्छिन। पछि, पास्टरले त्यो उसलाई फिर्ता ल्याए तर उनले भनिन्, "मैले यो तपालाई होइन, प्रभुलाई दिएँकी हुँ ।"

प्रेरित पावल भन्छन्, " आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वलाई ग्रहणयोग्य हुने जिउँदो बलिका रूपमा अर्पण गर।" हिब्रू १२ः१

पुरानो नियममा परमप्रभु निष्खोट र पहिले बियाँएको थुमा बलिदानको रूपमा चाहनुहन्थ्यो तर आज ती बलिदान होइन, परमेश्वर हामीलाई चाहनुहुन्छ। उहाँको निम्ति ती पुराना नियमका बलिहरू रद्ध भइसक्यो। उहाँको नजरमा ती बलिहरू भन्दा पनि हामी बहूमूल्य छाैं। परमेश्वर हामी उहाँमा समर्पित भइ बलिदानी जीवन जीएको चाहनुहुन्छ। 

रिले दाैडमा पहिलो धावकले घुँडा टेकेर दाैडलाई प्रारम्भ गर्दछ। घुँडामा भएको कारण उसले आफ्नो सबै शक्तिकासाथ (Potential) दाैड सुरू गर्न सक्दैन तर उसले दाैडलाई पुरा गरेपश्चात जब अर्को धावकलाई डण्डा दिन्छ, बाँकीका धावकहरू ऊ जसरी घुँडामा नभएको कारण सुरूबाटै मज्जाले दाैडन सक्छ र अन्तमा केवल विजेताको नाम गुन्जिन्छ। सबैले पहिलो धावकको त्याग र बलिदानलाई बिर्सन्छ।

प्रियहरू! भलै मानिसहरूले तपाईको त्याग र बलिदानलाई नदेख्ला तर निराश नहुनुहोस्, परमेश्वरले तपाईको त्याग र बलिदानको कदर गर्नुहुन्छ। 

बलिदान के हो? 

बलिदानको लागि हाम्रो इच्छुकता नै परमेश्वरप्रतिको हाम्रो भक्तिको संकेत हो। तपाई बलिदानी जीवन जीउन कति तयार हुनुहुन्छ, यसले तपाईको आराधनाको जीवन दर्शाउँछ। बलिदान भनेको परमेश्वरले हामीबाट चाहनुभएको कुनै पनि थाेक हाम्रो समय, हाम्रो पार्थिव सम्पत्ति, वरदान र हाम्रो ऊर्जा उहाँको कामलाई अगाडि बढाउनको लागि  दिनु हो। बलिदानी जीवन जीएको व्यक्तिले अब उसो म-मेरो-मेरो लागि-मलाई भन्दैन तर केवल परमेश्वर रउहाँको लागि भन्दछ।

भजनकर्ताले भनृका छन्, "तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर तोडिएको र पश्चातापी हृदयलाई तपाई तिरस्कार गर्नुहुन्न।" भजन.५१ः१७

बलिदानी जीवन जीएर नै बलिदानको कदर हुन्छ। जबसम्म हामी स्वयम बलिदानी जीवन जिउँदैनाै तबसम्म हामीले ख्रीष्टको बलिदानको कदर गर्न सक्दैनाैं। जब हामी आफै बलिदानी जीवन जीउन थाल्छाैं तब बलिदान के हाे बुझ्छाैं।

यसकारण प्रेरित पावलले एफिसी ५ः२ मा बलिदानी जीवन जीउन आहवान गरेका छन्। उनी भन्छन्, "तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।" 

Source : https://krministry03.blogspot.com/2024/02/blog-post_16.html?view=mosaic

Share:
Related Posts Plugin for WordPress, Blogger...

Donate


 

Time and Date

Translate

Powered by Blogger.

Followers

Search

Search This Blog

Total Pageviews